काठमाडौँ : आज प्रजातन्त्र पार्टी(राप्रपा)ले जय राष्ट्रवाद’को नारा लगाउँदै खबरदारी सभा सुरु गरेको थियो । सोही खबरदारी सभा बल्खु चोकमा सुरु भएको हो ।
बिज्ञापन
बिज्ञापन
उक्त सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी थिए।
बिज्ञापन
पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थलमा सहभागी भएका थिए । सोही सभामा सहभागी शीर्ष नेताले सम्बोधन गरेका थिए । भने नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको थियो ।

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो ।

त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको थियो । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्धको सभाको आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस्