काठमाडौ : कलाकार तथा निर्देशक सुरेन्द्र खड्काकाे निर्माणमा रहेको नेपाली सिरियल टुहुरी नातिनी नयाँ वर्ष २०८२ बैशाख १ गते सार्वजनिक गर्ने भएको छ ।
बिज्ञापन
निर्देशक खड्कालाई हालसम्म धेरै सिरियल र चलचित्रहरुमा कलाकारकाे रुपमा चिरचित छन् । याे पटक भने निर्माता साथै कलाकारकाे रुपमा देख्न सकिने बताएको छ । नवीन श्रेष्ठकाे लेखन तथा निर्देशनमा निर्माण हुँदै गरेको सिरियल एस डि के फिल्मस् युट्युव च्यानलमा बैशाख १ गते साँझ सात बजे सार्वजनिक गर्ने भएको हाे ।
बिज्ञापन
साथै सिर्जनामा छायांकन र सम्पादन पनि नवीन श्रेष्ठले नै गरेको सुरेन्द्रले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्