काठमाडौं: काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मका कवाडी संकलन केन्द्रहरु हटाएको छ।
बिज्ञापन
उक्तआवासीय क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रलाई पटक–पटक सूचना दिए पनि नहटाइएपछि डोजर चलाएर हटाइएको महानगर प्रहरीले जनाएको छ ।
बिज्ञापन
उक्त कवाडी संकलन केन्द्रहरु हटाउने महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो ।
त्यसक्रममा कवाडी संकलन केन्द्रका मजदुरहरुले प्रतिकार गरेका थिए । उनीहरुले ढुंगा प्रहार गर्दा डोजरको सिसासमेत फुटेको छ ।ढुंगामुढाको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्