काठमाडौंको पश्चिम भेगीए इसाई समुदायले भब्यताका साथ मनाए इस्टर आइतबार(फोटोहरु)

२०८२ बैशाख ७, आईतवार १२:०१

काठमाडौं । काठमाडौंको थानकोट स्थित चन्द्रागिरी ग्रिनल्यान्ड ब्याङ्क्विडमा क्रिश्चियन धर्मवलम्बीहरूले इस्टर आइतबार कार्यक्रम मनाए । उक्त कार्यक्रममा उपस्थित बागमती प्रदेश सांसद रमा आले मगर,सोही नगरका,नगर प्रमुख,घनश्याम गिरी  साथै विभिन्न राजनीति दलका नेताहरु उपस्थित थिए ।

बिज्ञापन

सोही कार्यक्रमलाइ प्रमुख अतिथि रमा आले मगरले दीप प्रज्वलन गरी उद्घाटन गरियो हो।

बिज्ञापन

कलंकीदेखि नागढुङ्गासम्मका विभिन्न चर्चका पास्टर एल्डर्स अगुवा र विश्वासी जनहरूको बाक्लो उपस्थित थिए । भने कार्यक्रम बिहानको ८बाजे देखि सुरुभइ १० बजे अन्त भएको थियो । उक्त  सेवामा उपस्थित सबैजनाले हर्षित हुँदै भजन बचनका साथ कार्यक्रम सम्पन्न गरिएको हो।

आजको दिन येशू क्रूसमा टाँगिएको तेस्रो दिन भएको बिश्वास गर्छन् । साथै तेस्रो दिनमा पुनरुत्थान भएको सम्झना गर्न समुदायहरू भेला हुने गर्छन् ।

बिज्ञापन

ईसाई समुदायहरुले नेपाल लगायत धेरै देशहरूमा, आज यो उत्सव मनाउने गर्छ।

इस्टर आइतबार ईसाई क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण र आनन्ददायी दिन भनिने गर्छन् । यसले येशू क्रिसको पुनरुत्थान जनाउछ, जसलाई ईसाईहरूले क्रूसमा टाँगिएको तेस्रो दिनमा मृत्युबाट बौरी उठेको विश्वास गर्छन्।  यो घटनालाई येशूको दिव्य स्वभाव र ईसाई विश्वासको जगको प्रमाणको रूपमा हेरिन्छ – जसले जीवनले मृत्युमाथि विजय प्राप्त गर्छ र निराशामाथि आशा दिन्छ भन्ने देखाउँछ।

बाइबल अनुसार, येशूलाई गुड फ्राइडेमा क्रूसमा टाँगिएको थियो र चिहानमा गाडिएको थियो। आइतबार बिहान, उहाँका केही अनुयायीहरूले चिहान खाली भएको पत्ता लगाए। ईसाईहरूले विश्वास गर्छन् कि येशू मृत्युबाट बौरी उठ्नुभयो, जसरी उहाँले भविष्यवाणी गर्नुभएको थियो। यसैलाइ बिश्वास गरि सिंगो इसाईहरूले यो पर्व मनाउने गर्छन् ।

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0

 

२०८२ बैशाख ७, आईतवार १२:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना