शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा स्वीकृत, सगै रघुजी पन्तलाई नियुक्त गर्ने तयारी

२०८२ बैशाख ११, बिहीबार ००:१०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत गर्दै उनले एमालेकै नेता पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयको पत्रअनुसार राष्ट्रपतिबाट रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।  उनलाई बिहीबार शपथ गराउने तयारी छ।

बिज्ञापन

शिक्षक आन्दोलतलगायतका विषयमा प्रधानमन्त्रीसँग फरक मत भएपछि भट्टराईले गत साेमबार राजीनामा दिएकी हुन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) लाई हटाएका छन्। तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्दै आएका थिए।

बिज्ञापन

२०८२ बैशाख ११, बिहीबार ००:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना