नुवाकोटको बेलकोटगढी नगरपालिकामा विकासले अर्को अग्रगामी छलाङ मार्दै

२०८२ बैशाख ११, बिहीबार ०१:३५

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका अन्तर्गत कोल्पुटारदेखि दुई पिपल डाँडाखर्क बागखोर झ्याम्लिङ पोखरी जोडिने बाटो निर्माणको काम धमाधम हुँदैछ।

बिज्ञापन

सोही बाटो निर्माणमा ठेकदार कम्पनी र उपभोक्ता समितिले ग्राभेल हाल्नुपर्ने ठाउँमा माटोको मात्र बढी भएको भन्दै उपभोक्ता समिति र ठेकदारको गठबन्धन भन्दै सामाजिक अभियन्ता साथै नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर लामाले आफ्नो फेसबुक सामाजिक सञ्जालबाट आलोचना गरेका छन्।

बिज्ञापन

उनले सामाजिक सञ्जालबाट व्यङ्ग्य गर्दै भनेका छन् डाँडाखर्कको सेतो माटो र दुई पिपलको रातो माटोको गठबन्धन गरी बाटो ग्राभेल हुँदै भनी व्यङ्ग्य गरि लेखेका छन् । साथै सोही नगरका नगरप्रमुख प्राविधिक टोली र जनप्रतिनिधिहरू मुखमुक दर्शक छन् । यसैको फाइदा उठाउँदै विकास निर्माणको काममा  ठेकेदार कम्पनी र उपभोक्ता समितिले घोटाला गर्दै आइरहेका युवा नेता इन्द्राबहादुर लामा बताउँछन्।

सोही सडक खण्डको नयाँ ट्रयाक खन्ने क्रममा उहाँ नेकपा एमालेबाट निर्वाचित गाविस अध्यक्ष हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्छ तेसबेला यस बाटो नयाँ ट्र्याक खन्ने क्रममा आफूले भोगेको दुःख वेदना सुनाउँदै उहाँले भन्नुभयो आफूले त्यसबेला आफ्नो गाउँ आफैं बनाउँ भन्दै काम गरे तर अहिलेका जनप्रतिनिधिहरु कसरी हुन्छ कमाउ कुर्सी कसरी बचाउने भन्नेमा लागि परेको देखिन्छ ।

बिज्ञापन

 

 

२०८२ बैशाख ११, बिहीबार ०१:३५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना