आज हामी चुप बस्यौं भने, भोलि इतिहास हाम्रो मौनतालाई पनि अपराधका रूपमा पढ्नेछ

२०८२ बैशाख १२, शुक्रबार ०४:४७

काठमाडौं : रविन्द्र मिश्रको समर्थनले भने चुप लागेर बस्ने हो,भने भोलि इतिहासले पनि हामीलाई अपराधका रुपमा पढ्नेछन् । भन्दै मिश्रले गरेको कामहरू को सम्मान गरेको छन् । मिश्रलाई राज्यले गरेको व्यवहारप्रति दु:ख पोखे,

बिज्ञापन

उनले भनेका छन् । कहिलेकाहीँ कुनै व्यक्तिले आफ्नो जीवनमार्फत हामीलाई केवल विचार होइन, जीवनको दृष्टिकोण नै सिकाइदिन्छ। रविन्द्र मिश्र त्यही व्यक्तित्व हुन् जसले मिडियाबाट राज्यको जिम्मेवारी सम्झाए, समाजसेवाबाट नागरिकको भूमिका बोध गराए, र सार्वजनिक जीवनमा इमानदारी र पारदर्शिताको जीवन्त उदाहरण बने।

बिज्ञापन

बीबीसीको बेजोड पत्रकारिता होस् वा ‘हेल्प नेपाल नेटवर्क’ मार्फत गरिएका सेवा, उहाँले जुन निष्ठा, स्पष्टता र वित्तीय पारदर्शिता देखाउनुभयो, त्यो आजको समयमा दुर्लभ नै हो। यस्तो जीवनयात्रा कसैले केवल भाषणमा होइन, कर्ममा देखाउन सक्नु वास्तवमै उदाहरणीय हो। उहाँजस्तो व्यक्ति, जसले सायद आजसम्म एक कमिलासम्म मार्नुभएको छैन, त्यहाँ राज्यविरुद्धको संगठित अपराध जस्तो गम्भीर अभियोग लगाइनु केवल उहाँप्रतिको अन्याय होइन, यो हाम्रो राज्यको चरित्रप्रतिको गहिरो प्रश्न पनि हो। उनको थपे

साथै उनले भने,उहाँ अहिले पनि जेलमा हुनुहुन्छ। कानुनी आधार कमजोर छ, प्रमाण छैन, तर आरोप छ। र दुःखको कुरा के छ भने, पत्रकारिता चुप छ, बौद्धिक वर्ग मौन छ, र नागरिक विवेक कतै लुकेको छ।

बिज्ञापन

उहाँ दोषी होइन। दोषी त त्यो सोच हो जसले फरक विचार राख्ने, प्रश्न उठाउने र इमानदारीले हिँड्ने मानिसलाई असहज ठान्छ। उहाँलाई जेल पठाउने यो सोच, र उहाँलाई चुप गराउने षड्यन्त्र, सत्ता र भयको मिलेमतो उनले भने।

हो, हामी सधैं सहमत छैनौँ होला। कतिपय राजनीतिक विचार वा दृष्टिकोणमा हाम्रो, मेरो मतभेद हुन सक्छ। तर फरक मत हुनु उहाँको योगदानको अवमूल्यन होइन। बरु उहाँबाट मैले सिकेको इमानदारी, स्पष्टता र निष्ठा मेरो लागि जीवनकै अमूल्य शिक्षा हो।

आज यो समय न्यायको पक्षमा उभिनुपर्ने समय हो। यो केवल रविन्द्र मिश्रको लागि होइन, यो प्रत्येक नागरिकको विवेक बचाउने, मूल्य प्रणाली जोगाउने र निष्पक्ष आवाजको सम्मान गर्ने समय हो। अन्यथा, चुप बस्ने हाम्रो मौनताले भोलिको पुस्तालाई बोल्न नपाउने बनाउनेछ।

मलाई अटल विश्वास छ,उहाँ अहिले जेलको शून्यता भित्र शब्दहरू बोकेर बाँचिरहनुभएको छ। भित्रभित्रै उहाँले लेखिरहनुभएको ती कविता, ती आत्मसंवाद आज सम्भवतः मौन छन्, तर ती मौनताले नै भोलिको आवाज तयार गरिरहेको छ। ती शब्दहरू कुनै दिन विचारको क्रान्ति बन्नेछन्, विवेकको उज्यालो भएर अन्धकार चिर्नेछन्, अनि सत्यको पक्षमा उभिन डराउनेहरूलाई पनि जागाउनेछन्।

यही कारण, आजको हाम्रो कर्तव्य केवल सहानुभूति होईन प्रतिरोध हो। हाम्रो धर्म हो, सत्यको पक्षमा बोल्ने। निडरतापूर्वक अन्यायको बिरुद्ध उभिने। किनभने न्याय केवल कागजमा लेखिएको कानुन होइन, यो त विवेकको आवाज हो, जनता भित्र बाँचिरहेको चेतनाको झल्को हो।

 

२०८२ बैशाख १२, शुक्रबार ०४:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना