नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको खुलेको छ

२०८२ बैशाख १२, शुक्रबार ११:२८

काठमाडौं : गत चैत १५ गते राजावादीहरूले गरेको तीनकुने  प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा नेपाली कांग्रेसका नेताका छोराको पनि संलग्ता रहेको खुलेको छ ।

बिज्ञापन

सोही भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना कांग्रेस नेताका छोरा रहेको खुलेको हो ।

बिज्ञापन

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा लुटपाटमा संलग्न रहेको खुलेको हो ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए ।

बिज्ञापन

उक्त बैठकलाई राप्रपाको तर्फबाट सम्बोधन गरेका लिङ्देले कांग्रेसका भाटभटेनी लुटपाटमा संलग्न सह–महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको बताए ।

लिङ्देनले कांग्रेस महामन्त्री मात्रै भने तर उनले यादवको नाम लिएनन् । लिङ्देनको सचिवालयका अनुसार यादव पुत्र मुकेश पक्राउ परेर कानूनी कारबाहीबिनै छाडिएको सूचना प्रहरीले नै पुर्‍याइदिएको हो ।

अध्यक्ष लिङ्देनले सदनमा ती सह–महामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी विश्वराज अधिकारीलाई दबाब दिएको पनि उल्लेख गरेका छन् ।

लिङ्देनले सदनमा भनेका थिए–‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सह–महामन्त्रीको छोरा पक्राउ परेको छ । किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको ल्याएको अर्को मान्छेले ‘म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ’ भनेर कपडा लिएर गयो ।’

सदनमा लिङ्देनले यसरी इंगित गरेका व्यक्ति कांग्रेस सह–ममन्त्री महेन्द्र यावद र उनका छोरा मुकेश रहेको खुलेको हो । प्रहरी स्रोतका अनुसार यादवलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर भद्रकालीमै पुर्‍याएको थियो । तर, मुकेश कांग्रेस सह–महामन्त्री यादवका छोरा रहेको खबर गृहमन्त्रालय हुँदै भद्रकाली पुगेको थियो ।

गृहबाटै मुकेशलाई छाड्न दबाब आएपछि प्रहरीले अरूलाई हिरासतमा राख्यो तर उनलाई मुद्दा प्रक्रियामा नलगी छाडिदिएको खुलेको छ ।

२०८२ बैशाख १२, शुक्रबार ११:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना