काठमाडौं : सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो ।
बिज्ञापन
पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन् । उनले आम सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञापन
ठगी गर्न नपाएको ठाउँमा धाकधम्कीसमेत दिने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्