क्रिश्चियनको टाउको देखाउँदै राजनीतिक दाउपेच

२०८२ बैशाख १६, मंगलवार ०२:१७

काठमाडौं : यही वैशाख १९ गते उपत्यका व्यापी जागरण तथा प्रार्थना सभाको आयोजना गरिएको छ। सोही आयोजनाका आयोजक राष्ट्रिय ख्रीष्टियन मण्डली महासङ्घ नेपालका, अध्यक्ष तथा इसाईहरुका धर्मगुरु पास्टर रामप्रसाद न्यौपाने (नरेश) पवित्र बाइबल मण्डलीका पास्टर हुन्।भने अर्को पास्टर सामुएल खाती जस्लाइ (जितबहादुर खाती) भनी चिनिने गर्छ। सोही कार्यक्रम उनिहरुले गर्न लागिएका हुन।

बिज्ञापन

सोही जागरण तथा प्रार्थना सभाको  उद्घाटन माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने पत्रमा उल्लेख छ। धर्मको अभ्यास गर्ने बहानामा सोझा साझा इसाईहरूलाई प्रार्थना सभा भन्दै राजनीतिक प्रवेश गराउनु कतिको उचित होला ?

बिज्ञापन

” ख्रीष्टियनहरूमा को ? को ? के के ? हुन् ? राम्रोसंग बुझ्न सकेको छैन । सबै जना पहिलो नम्बरको ख्रीिष्टयन र देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । कन्फुज भो, मलाई। मानव अधिकारकर्मी केवी रोकायाले देशभरिको ख्रीष्टियनहरूको नेता मै हुँ भन्छन् । हेर्दा पाको देखिने उत्तम परियार उनि पनि मै हु भन्दै आउँछन् । लोकमणी ढकालपनि मै हुँ भन्छन् । ख्रीष्टियन महासंगमा सि.वि छन् । अरू धेरै जना मै हुँ भन्छन तर संस्थागत रूपमा पुरै ख्रीष्टियनरहरूको संस्था कुन हो ? यो कन्फ्यूजन क्लियर गरिदिनुपर्छ । कुन संस्था चाहि देश भरिको ख्रीष्टियनहरूको मुख्य साझा संस्थाको रूपमा हो भन्ने कुरा क्लियर हुन पर्छ । “

यि माथिका रोचक अभिव्यक्ति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७५ वैशाख १६ गते चितवनमा ख्रीष्टयनहरूसंगको बैठकमा व्यक्त गर्नुभएको भनाइ हो । उक्त अभिव्यक्तिले ख्रीष्टयनहरूको नेतृत्व र बेमेलको वास्तविकता उहिबेला देख उदांगो पारेको छ ।

बिज्ञापन

वर्षै पिच्छे ख्रीष्टियनहरूको हकहितकोलागि भन्दै च्याउ उम्रिए झै उम्रिएका संघसंस्थाहरूले सरकार र सरकारका प्रतिनिधिसंग माग राख्न खोज्दा भ्रमहरू सृजना भएका छन् ।

माओवादीका केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका पास्टर राम प्रसाद न्याैपाने पवित्र बाइबल मण्डलीका पास्टर रहेकाे र उनको फेसबुकका भित्ताहरू हेर्याे भने धर्मगुरुकाे जस्ताे नभई पार्टिकाे कार्यकर्ता त्याे पनि अपरिपकणक र अराजकताले भरिएकाे भेटिन्छ।

दस बर्षे जनयुद्धको जगमा स्थापित गणतन्त्र र यहि गणतन्त्रको जगमा अडिएकाे धर्म निरपेक्षले नै दिएकाे धार्मिक अभ्यास अधिकार प्रयाेग गर्नु ठिकै हाे , तर धर्मकाे अभ्यास गर्ने बाहानामा साेझा क्रिस्चियनहरुलाइ नै झुक्याएर आफू राजनितिमा अब्बल बन्न खाेज्नु असल हैन।

माओवादी प्रति झुकाव राखेका अर्का पास्टर हुन् सामुएल खातीले भनिने जितबहादुर खाति। हाे यिनै पात्रहरु मिलेल गत बर्षकाे ख्रीष्टमस कार्यक्रममा अतिथिकाे रुपमा तत्कालिन पर्यटन मन्त्री सुदन किराँतिलाई ल्याए र बिबादमा मुछे।

अहिले पनि यिनै ब्यक्ति ( जितबहादुर र राम प्रसाद) मिलेर “भ्याली प्रार्थना समुह”’ लाइ प्रयोग गरि चर्चका पास्टर अगुवाहरूलाइ झुक्काएर प्रार्थना सेवा गर्न लागेको तत्थ खुल्न आएको छ ।

बाहिर खासै देखा नपर्ने तर पछाडिबाट आर्थिक सहयोग गर्दै अरुलाई चलाउने गर्छन् जितबहादुर, यिनी मर्सिमिसन हिमालयन नेपाल नामक संस्थाका निवर्तमान अध्यक्ष समेत हुन्, संस्थामा अनियमितता गरेकाे आशंकामा उनिमाथि केही निकाएमा उजुरि समेत परेकाे बुझिएकाे छ ।

हाे यिनै दुइ जनाको हस्ताक्षर सहितको पत्रमा उपत्याकाका एक हजार पास्टर अगुवाहरू सहभागि हुने र सभाको उद्घाटन र विशेष सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्डलाई अनुरोध गरिएको छ ।

भ्याली प्रार्थना समुह नामक पत्र अनुसार ललितपुर ख्रीष्टियन समाजको अध्यक्ष. पाास्टर सुन्दर गुरूङ र सचिव पास्टर डेबिट दाहाल नै कार्यक्रमको संयोजकमा छन् । वैशाख ६ को पत्रबाट माओवादी नेतालाई सुटुक्क अतिथिको लागि निमन्त्रणा गर्ने तर मण्डलीका विश्वासिहरुलाई भने अर्को पत्रबाट निम्तो गरिनुले प्रार्थना सभाको सेवाकाईको नियत माथि नै प्रश्न उठेको छ ।

पास्टर स्वयम् कुनै राजनीतिक दलविशेषको समर्थन र झुकाव राख्दै सिङ्गो समुदायलाई नै गिजोल्न खोज्नु र आफ्नो स्वार्थकोलागि कसैले प्रायोजन गरेको भरमा यस्ता कार्यक्रम गर्नु गलत हाे। यस्ता ब्यक्तिहरु धार्मिक कम र स्वार्थि बढि देखिने हुनाले सच्चा क्रिस्चियनहरु यस्ता ब्यक्तिहरुद्वारा आयाेजित कार्यक्रमबाट टाढै रहने कि??

 

२०८२ बैशाख १६, मंगलवार ०२:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना