नुवाकोट साहित्य प्रतिष्ठानसँगकाे समन्वयमा नेपाल प्रज्ञाप्रतिष्ठानले काव्य गाेष्ठी गर्दै

२०८२ बैशाख १९, शुक्रबार ०७:३२

काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालसँगकाे समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङगाेष्ठी साहित्य समारोह नुवाकोट अादर्श बहुमुखी क्याम्पस बट्टार नुवाकोटमा यही बैशाख २० र २१ गते गर्ने भएको छ ।

बिज्ञापन

नेपाल प्रज्ञा प्रतिष्ठानले देशकाे सातै प्रदेशमा विभिन्न साहित्यिक गाेष्ठी र कार्यक्रमहरु गर्ने याेजना अनुसार बागमती प्रदेश अन्तर्गत यसवर्षमा नुवाकोटमा अायाेजना गरिएकाे हाे । कार्यक्रममा बागमती प्रदेश नारी कविहरु विषयक कार्यपत्र प्रस्तुति तथा पुरक व्याख्या, काव्य सिर्जनामा नारी अन्तरक्रिया र बागमती प्रदेशका १३ जिल्लाका नारी कविहरुकाे कविता प्रस्तुति र वाचन विशेष रहने गरि कार्यक्रम तय भएको छ । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटकाे सहयोग पनि उक्त कार्यक्रममा रहेको कुरा नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता करण तामाङले बताएका छन् । सह अायाेजककाे रुपमा रहेको नुवाकोट साहित्य प्रतिष्ठान नेपालका साहित्यकारहरुकाे पनि सिर्जनाहरु प्रस्तुति रहने बताइएको छ ।

बिज्ञापन

नुवाकोट अादर्श बहुमुखी क्याम्पसकाे हलमा २० गते कार्यक्रम विहान ११:३० उद्घाटन हुने भनिएको छ । कार्यक्रम सकिएपछि नुवाकोटकाे ऐतिहासिक साँस्कृतिक पर्यटकीय क्षेत्रमा बागमती प्रदेशका १३ वटै जिल्लाका नारी कविहरु सहित प्रज्ञा प्रतिष्ठान समुहको साहित्यिक भ्रमण रहने कुरा प्रवक्ता करण तामाङले जानकारी दिएका छन् ।

बिज्ञापन
२०८२ बैशाख १९, शुक्रबार ०७:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना