आज उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा’

२०८२ बैशाख २१, आईतवार ०३:२४

काठमाडौँ । आज काठमाडौं उपत्यकासहित देशका पहाडी भु – भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि बादल देखिएको छ भने बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिज्ञापन

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने प्रक्षेपण गरिएको छ। कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनसक्ने देखिएको छ।

बिज्ञापन

रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ। यस्तै, पहाडी भेगका केही स्थान र बाँकी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने संकेत छ। हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले चट्याङ र हावाहुरीसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको

बिज्ञापन

२०८२ बैशाख २१, आईतवार ०३:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना