दाङको तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक माथी विद्यार्थीले खुँडा प्रहार गरे

२०८२ बैशाख २१, आईतवार ०७:२५

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकामा एक  शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् ।

बिज्ञापन

शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ ।

बिज्ञापन

बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ ।

घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ ।

बिज्ञापन
२०८२ बैशाख २१, आईतवार ०७:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना