भारतीय आक्रमणबाट पाकिस्तानको तीन स्थानहरू प्रभावित

२०८२ बैशाख २४, बुधबार ०१:०२

काठमाडौं : भारतीय हवाइ आक्रमणबाट पाकिस्तानको तीन स्थानहरू प्रभावित भएको बताएको छ । पाकिस्तानी सैन्य जनसम्पर्क शाखा, इन्टर-सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी समाचार च्यानल जियो टिभीलाई यसबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।उनका अनुसार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहवलपुर प्रभावित बनेको हो ।

बिज्ञापन

समाचारअनुसार पाकिस्तान प्रशासित कश्मीरको मुझफ्फराबाद नजिकैको क्षेत्रमा जोडदार विस्फोटको आवाज सुनिएको छ। घटनाको अडियो समेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाजका विस्फोटहरू स्पष्ट रूपमा सुन्न सकिन्छ।

बिज्ञापन

समाचार संस्था रोयटर्सले पनि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शक्तिशाली विस्फोटहरू सुनिएको पुष्टि गरेको छ। एजेन्सीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुझफ्फराबादमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।भारतीय सेनाले बुधबार राति ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ‘आतंकवादी’ शिविरहरूका ९ स्थानलाई लक्षित गरेर एयर स्ट्राइक गरेको जनाएको छ।

बिज्ञापन
२०८२ बैशाख २४, बुधबार ०१:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना