(फाइल फोटो)
बिज्ञापन
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
बिज्ञापन
गएराति ललितपुरको खुमलटारस्थित आफ्नै घरको शौचालय जाँदा चिप्लिएर लड्दा उनी घाइते भएका हुन।स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ।
राति लडेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’
बिज्ञापन
उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस्