उदयपुर : उदयपरको चौदण्डीगढी–७ बेल्टार बजार स्थित कार्यालय रहेको ग्रेस बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रभात खड्का पक्राउ परेका छन् । प्रहरीको उच्च खोजिको सूचीमा रहेका ग्रेसका सञ्चालक खड्का गत मंगलबार इटहरीबाट पक्राउ परेका हुन् ।
बिज्ञापन
खड्कालाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले पक्राउ गर्न सफल भएको हो । सहकारीका सञ्चालकहरुबाट पीडित भएका सेवाग्राहीहरुको संगठन ‘वित्तिय शोषण विरुद्धको संर्घष समिति’ चौदण्डीगढीको जाहेरीको आधारमा खडकालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले बताएका छन
।
बिज्ञापन
खड्कालाई बुधबार १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक राईले बताएका छन् भने उनका भाई प्रतिक खड्का एक वर्ष पहिलेनै पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्