काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् ।
बिज्ञापन
त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो भन्दै प्रश्न गरेका छन् । उनले नेपाली कांग्रेसका उपसभापति जोडिएको मितेरी सहकारीबारे पनि प्रश्न गरेका छन् ।
बिज्ञापन
धेरै भएको छैन, कबिर १०-११ महिनाअघिको मात्रै कुरा हो । प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्रीद्वयले भ्रष्टाचार र ठगी प्रकरणविद्ध उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसदको रेकर्डमा निकालेर हेर्न सकिन्छ । तर आज प्रश्न सोध्ने र जवाफ दिनेहरु लोकतन्त्रको न्युनतम मूल्य मान्यतालाई पनि कुल्चिएर सरकार सञ्चालन प्रक्रियामा हुनुहुन्छ । म सम्मानित सदनमार्फत यहाँहरुलाई सोध्न चाहन्छु ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? ४० ओटा सहकारीमा जम्मा भएका ८७ अर्ब सबै वैध कमाई हो ? स्रोतको छानबिन गर्न पर्छ कि पर्दैन ? पीडित जनताले खाइ नखाई जम्मा गरेको आफ्नो जीवनभरीको कमाइ मात्र होइन, तपाईँहरुले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो अहिलेसम्म ?
बिज्ञापन
सभामुख महोदय म सोध्न चाहन्छु, तपाईँहरुले उपसभापतिविरुद्ध परेको मितेरी सहकारीको १४ करोड ठगी उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो ? कि ठूला दलका नेतालाई कारबाही गर्नु हुँदैन भन्नेछ ? उनलाई पनि पक्रेर कारवाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध मात्र साँध्ने उद्देश्य हो यहाँहरुको ? एपिवान टेलिभिजनमा आजपनि जिबी राईको लगानी कायम रहेको तथ्य अदलतले उस्को सम्पत्ति रोक्क गरेको विवरणबाट प्रमाणित हुन्छ । के छानबिनको दायरामा गोर्खा मिडिया मात्र हुन्छ ? कि सरकार ढल्छ भन्ने डरले छानबिन अगाडी बढाउन नसकेको हो ?
उनले थपे तपाईँहरुकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्दै गर्दा जिबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् तपाईँहरुलाई । सञ्चारमाध्यममका सुन्नमा आएको छ, १६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को को हुन भन्ने तथ्यको अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जिबी राईलाई पक्राउ नगरेका हुन यिनीहरुले भनेर जनता त हल्ला गर्दैछन् नि ! के साँच्चै त्यस्तै हो ?
प्रतिक्रिया दिनुहोस्