कश्मीरको जम्मु शहरमा फेरि गोलाबारी,शहरभरि साइरनको आवाज

२०८२ बैशाख २६, शुक्रबार १७:०६

काठमाडौं : भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा आज फेरि गोलाबारी सुरू भएको छ। कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातमा अहिले विस्फोटको आवाज सुनिएको अलजजिराले जनाएको छ।

बिज्ञापन

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

बिज्ञापन

उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ। शहरभरि साइरनको आवाज सुनिन थालेको छ। स्थानीय समय अनुसार साँझ ७:२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन्।

बिज्ञापन
२०८२ बैशाख २६, शुक्रबार १७:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना