भारत–पाकिस्तानबीच युद्धविरामको घोषण

२०८२ बैशाख २७, शनिबार १६:५३

काठमाडौं : भारत र पाकिस्तान एक अर्काविरूद्धको आक्रमण रोक्न सहमत भएका छन्।शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्।

बिज्ञापन

उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।मिश्रीले शनिबार अपराह्न ३:३५ बजे पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीले भारतीय सेनाका वरिष्ठ अधिकारीलाई टेलिफोन गरेको बताए।

बिज्ञापन

‘दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ,’ मिश्रीले भनेका छन्।

पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि तत्कालै लागू हुनेगरी भारत र पाकिस्तानबीच ‘युद्धविराम’को सहमति भएको बताएका छन्।

बिज्ञापन
२०८२ बैशाख २७, शनिबार १६:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना