फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने जगदुल्ला तालको सौन्दर्य नियाल्न जादू नै रहेछ

२०८२ बैशाख २८, आईतवार ००:२३

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट मोटरसाइकलमा हिँडेको एक घण्टामै म र साथी लिकु, मुहु, बन्तडी हुँदै बलाङ्रा लेक पुग्यौँ। एकैछिनमै बेंसीबाट लेक उक्लेकाले होला, हामीलाई चिसो लागेजस्तो भयो।

बिज्ञापन

नलागोस् पनि किन, डोल्पाको अग्लो स्थानमा पर्ने बलाङ्राबाट हिउँले सेताम्मे हिमाल नजिकै देखिन्थ्यो। त्यही हिमाल छोएर आएको हावाले चिसो नबनाउने कुरै थिएन।

बिज्ञापन

सुन्दर गाउँबस्ती, हरिया फाँटमा फुलेका रंगीबिरंगी फूलहरू हेर्दै एघार बजे त काइगाउँ बजार पुगियो। कुनै बेला त्रिपुराकोटबाट दुई दिनमा पुगिने काइगाउँ, आजभोलि बाटोको सुविधाले मोटरसाइकलमा दुई घण्टामै पुग्न सकिने भएको छ।

हामी हिँडेका थियौँ- शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने जगदुल्ला तालको सौन्दर्य नियाल्न। काइगाउँबाट हामी हुरिकोट पुग्यौँ। त्यसपछि सुरु भयो पैदल यात्रा।

बिज्ञापन
२०८२ बैशाख २८, आईतवार ००:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना