रविविरुद्धको उजुरीमै किर्ते ? तर मेरो नाम दुरुपयोग गरेर अरूलाई पीडित बनाउन खोजियो बचतकर्ता गीता आचार्य

२०८२ बैशाख २८, आईतवार १५:३७

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

बिज्ञापन

वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ ।

बिज्ञापन

त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले उस्तै दाबी गरेकी हुन् । उनले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन् ।

एकपछि अर्को उजुरीकर्ताले यस्तो लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । रविलाई फसाउने नियतले नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा हालिएको रास्वपाको आरोप छ ।

बिज्ञापन

गीता सुप्रिम सहकारीकी बचतकर्ता हुन् । आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित बनेको उनको भनाइ छ ।

गीताले लेखेकी छन्, ‘मैले अलिकति दैनिक बचत गरेकी थिएँ, त्यसैले आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर निवेदन दिएको हो । तर यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको होइन । कसैको नाम नै दिएर हालेको पनि होइन र मलाई कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन । तर उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु। उनले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको छ ।

रुपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो ।

सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले संयुक्त जाहेरीमा एक दुई जनाले फिर्ता लिँदैमा केही फरक नपर्ने र मुद्दा प्रभावित नहुने बताएका छन् ।

यो विषय किन यसरी आयो भन्ने अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

‘म आउनुअघिको मुद्दा हो, उजुरीकर्ताले नै किन यस्तो भन्ने अवस्था आयो भन्ने बुझ्नपर्नेछ । मैले त यो विषय आधिकारिक रूपमा केही सुनेको छैन । सरकारी वकिलसँग सल्लाह गरेर मात्रै भन्न सकिएला । यदि सबै पीडितले हामी पीडित होइनौँ भने त मुद्दा नै किन चाहियो र ?’ उनले भने ।

जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इप्रका बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । उनको सरुवा भएर राना आएका हुन् । आफू पछि आएकाले व्यक्ति विशेषबारे अनभिज्ञ रहेको रानाले बताए ।

किन यतिञ्जेल मौन बसे पहराई र आचार्य ?

पहराई सामान्य होटल व्यवसायी हुन् भने आचार्य मेडिकल व्यवसायी हुन् । पहराईले बुटवलको सुप्रिम सहकारीमा मासिक एक हजार रुपैयाँ जम्मा गर्ने गरेको र करिब एक वर्ष अगाडि एक्लै गएर उजुरी दिएको बताएका छन् । आफूले पैसा फिर्ता आउँछ भनेर उजुरी दिएको, तर त्यसमा रविको नाम नभएको उनको दाबी छ ।

उनी भन्छन्, ‘सुरुमा त खासै वास्ता गरिएन, अदालतले नै सबै छिनोफानो गरिहाल्छ भन्ने थियो । साथीहरूले पनि केही हुन्न नआत्तिनुस् भनिरहेका थिए, तर यो झमेला लामो समयसम्म पनि टुंगिएन । लगातार नाम आएको आई गर्न थालेपछि अब त बोल्नुपर्छ भन्ने लाग्यो । धेरै साथीहरूसँग सल्लाह पनि गरेर सार्वजनिक गरेका हौँ ।’

आचार्यको भनाइ पनि उस्तै छ ।

आचार्यले नेपाल प्रेससँग कुरा गर्दै आफू कुनै पार्टी र व्यक्तिको विरोधमा नभई आफ्नो न्यायको लागि मात्रै निवेदन दिएको तर यसरी दुरुपयोग भएको विषयले आश्चर्यमा पारेको बताइन् ।

‘मैले आफ्नो ७२ हजार बचत रकम पाउन निवेदन दिएकी हुँ । म कसैको समर्थन र विरोधमा झण्डा बोकेर हिँड्ने मान्छे होइन । तर मेरो नामबाट अरूलाई आरोप लगाएर मुद्दाका लागि नाम प्रयोग भएकोमा दुःख लागेको छ ।’ उनले भनिन् ।

आचार्य थप्छिन्, ‘प्रमाण हामीले दिने होइन नि, हामी आफैँ पीडित हौँ । तर अर्कोलाई पीडित बनाउन फेरि मेरो नाम कुनै जानकारीबिना प्रयोग किन गरियो भन्ने विषय गम्भीर छ । अहिलेसम्म रकम पाउने आशामा बसियो तर कतैबाट भएन, उल्टै त्यही निवेदनमा अरूलाई पीडित बनाउन भएन नि ।’

२०८२ बैशाख २८, आईतवार १५:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना