काठमाडौं : सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ र लाहान नगरपालिका–१३ लाई सिधा जोड्ने रणनीतिक महत्वको डुम खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ । धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले एक औपचारिक समारोहका बीच विधिपूर्वक भूमि पूजा गर्दै पुल निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
बिज्ञापन
डुम खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा अत्यन्त कठिनाइ हुँदै आएको थियो । व्यापारिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने यस सडक खण्डमा पुल निर्माण भएपछि स्थानीय जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ ।
बिज्ञापन
शिलान्यास कार्यक्रममा वडा नं ११ का अध्यक्ष अशोक श्रेष्ठको समेत सक्रिय सहभागिता रह्यो । अध्यक्ष श्रेष्ठ र मेयर महतोको समन्वय, दूरदर्शिता र दृढ इच्छाशक्तिका कारण यो परियोजनाले मूर्तरूप लिने भएको हो । स्थानीयबासीले लामो समयदेखि माग गर्दै आएको पुल निर्माण कार्य प्रारम्भ भएपछि गाउँघरमा खुशीको लहर छाएको छ ।
धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो यसअघि पनि विभिन्न पूर्वाधार निर्माणमा सक्रिय रहँदै आएका छन् । हालै मात्र उनले बेल्दरही क्षेत्रमा पुल निर्माण कार्य सफलतापूर्वक सम्पन्न गराएका थिए, जसको स्थानीयले प्रसंशा गरेका छन् ।
बिज्ञापन
स्थानीय विकासमा निरन्तरता दिने मेयर महतोको यो कदमलाई ऐतिहासिक मानिएको छ । डुम खोलामा बन्न लागेको यो पुलले अब दुई नगरपालिका बासिन्दाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्