बुद्ध जयन्तीमा दुई संस्थाले गरे सात हजार बढी पर्यटक र भक्तजनहरुलाई निशुल्क पानी वितरण

२०८२ बैशाख ३०, मंगलवार ०७:५४

काठमाडौ । २५६९ अाैँ बुद्ध जयन्तीको अवसरमा साेमबार काठमाडौंकाे स्वयाम्भु चाेकमा राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश कार्यसमिति र तामाङ चलचित्र संघ बागमती प्रदेशकाे अायाेजना साथै राष्ट्रिय संगीतकर्मी संघ रसुवाकाे सहभागीतामा झण्डै सात हजार बढी भक्तजनहरु एवम् स्वयाम्भु दर्शनका लागि अाउने पर्यटकहरूलाई मिनिरल वाटर र जुस वितरण गरेको छ ।

बिज्ञापन

बुद्ध जयन्ती र तेमाल जात्रा लगायतका समयमा स्वयाम्भुमा लाग्ने मेला पुजाहरुमा वर्षेनी राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले निशुल्क सेवा प्रदान अाएकाेमा यस वर्ष भने तामाङ चलचित्र संघ बागमती प्रदेशसँग पनि सहकार्यमा सेवा प्रदान गरेको हाे । भिड, गर्मीकाे कारण हुने अप्ठ्यारोलाई मध्यनजर गरि पर्यटक र भक्तजनहरुकाे सहजताकाे लागि निशुल्क पानी र जुस वितरण गरेको बताइएको छ । दुईवटा संस्थाले नेपाली कला संस्कृतिकाे क्षेत्रमा विभिन्न याेजना र कार्यक्रमहरु अायाेजना गरेर हालसम्म यात्रा तय गरिरहेकाे संस्था भएको कुरा राष्ट्रिय संगीतकर्मी संघ बागमती का सचिव एवम् तामाङ चलचित्र संघ बागमतीका महासचिव करण तामाङले जानकारी दिएका छन् ।

बिज्ञापन

साेमबार भएको निशुल्क पानी तथा जुस वितरण शिविरमा संघका दावा फिन्जाे तामाङ, करण तामाङ, फुलमाया तामाङ, उमेश कार्की, चन्द्रमाया माेक्तान दाेङ, कुमारी माया घलान, राेशन तामाङ, सुकुमान तामाङ, अनिता नेगी, सुमन घले, रेश्मा दाेङ, सावित्री श्रेष्ठ, श्याममाया गुरुङ, रेशम कुमार स्याउली, इशवर सापकोटा, डाेल्मा तामाङ, हरि तामाङ, सन्जय तामाङ लगायतका कलाकारहरुले वितरण गरेका थिए भने शिविरकाे संयाेजक दावा फिन्जाे तामाङ रहेको बताएको छ ।

बिज्ञापन
२०८२ बैशाख ३०, मंगलवार ०७:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना