काठमाडौं : काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले जनपद प्रहरीका सहायक हवल्दार मदन खड्कामाथि ड्युटीकै समयमा कुटपिट गरेको छ ।
बिज्ञापन
सडकमै ड्युटीका बेला ट्राफिक प्रहरी निरीक्षक साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। खड्काले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटपिट गर्नुपरेको बताएका छन् । भने साहले माथिल्लो निकायमा आफुले जाहेरी गराइसकेको बताएका छन्।
बिज्ञापन
साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’बारे विवाद हुँदा साहले सहायक हवल्दार खड्कालाई कुटेको बताएको छ ।
भने उक्त विषयमा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवम् एसपी अपील बोहराले नागढुंगा घटनाबारे प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई तुरुन्त छानबिन गर्न निर्देशन दिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्