काठमाडौं : काठमाडौंको मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको छ । बिहान ६ बजेर ५० मिनेट जादा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको हो।
बिज्ञापन
सोहि आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उक्त आगलागी नियन्त्रण गर्न ६ वटा दमकलको प्रयोग साथै प्रहरी, सशस्त्र सेना र स्थानीयहरुको सहयोग आगो नियन्त्रणमा लिएका हो ।
बिज्ञापन
प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस्