तनहुँ : तनहुँको आँबुखैरेनी र (परीक्षण सामग्री व्यवस्थापन) आँवुखैरेनी अस्पतालको प्रशासनिक तथा प्राविधिक सहयोग तथा इलाका प्रहरी कार्यालय, आँबुखैरेनी तनहुँको संयोजनमा आँबुखैरेनी गाउँपालिकामा “लागु पदार्थ सेवन परीक्षण” सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
बिज्ञापन
सोही कार्यक्रम आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, आँवुखैरेनी गाउँपालिका वडा नं. ३ का स्थानिय जनप्रतिनिधिहरु, स्थानीय बुद्धिजिबीहरु, पत्रकार लगायतको सहभागितामा सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक-खण्डमा संचालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी “लागु पदार्थ सेवन (ला.प.से.)परीक्षण” कार्यक्रम शुभारम्भ भएको थियो ।
बिज्ञापन
साथै लागु पदार्थ सेवन परिक्षण” अभियानलाई सफल बनाउन सार्वजनिक सुरक्षा कायम गर्नका लागि सम्पूर्ण आवुखैरेनी स्थित स्थानीय बासिन्दाहरु, सडक खण्डमा आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी चालक तथा यात्रुहरुलाई सक्रियताका साथ सहयोगको अपिल समेत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्