पूर्व डीएसपी कार्की रास्वपा प्रवेश

२०८२ जेष्ठ १२, आईतवार ०६:३६

काठमाडौं :समाजसेवी तथा पूर्व प्रहरी नायव उपरीक्षक(डीएसपी) नैन सिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गर्नुभएको छ ।

बिज्ञापन

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड पन्ज्युनयाँ घर भएका कार्कीले अनलाईन सदस्य लिदैं रास्वपा प्रवेश गर्नुभएको हो ।

बिज्ञापन

पुराना पार्टीहरुले देश विकास र सुशासन कायम गर्न नसकेको भन्दै अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको उक्त पार्टी प्रवेश गरेको कार्कीको भनाई छ ।

समग्र दोगडाकेदारको नेतृत्व गर्दै आगामी दिनमा राष्ट्रलाई योगदान दिने उहाँले बताउनुभयो ।

बिज्ञापन

स्नातकोत्तर(एम.कम)गरिसक्नुभएका कार्की लामो समय प्रहरी सेवामा बिताउनुभएका दक्ष,अनुभवी र कानुन कार्यान्वयनमा सधै अग्रणी भुमिकामा रहदै आउनुभएको छ ।

प्रहरी सेवाबाट अवकाश भएपछि उहाँले आफ्नो गाउँ समाजको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ ।

उहाँले पार्टी प्रवेश गरेपछि दोगडाकेदारमा रहेका पुराना दलहरु नेकपा एमाले नेपाली कांग्रेस र माओवादी केन्द्रमा समेत हलचल मच्चिएको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

पार्टी प्रवेश गर्नुभएका कार्कीलाई उचित स्थान दिइने समेत संस्थापक महामन्त्री क्वालिटीले बताउनुभयो ।

 

२०८२ जेष्ठ १२, आईतवार ०६:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना