. “इन्द्रेश्वर युवा समाजको सहायतामा १५ विद्यार्थीको शिक्षामा नयाँ आशा”

२०८२ जेष्ठ १२, आईतवार १३:०८

नुवाकोट, बेलकोटगढी – ४ आज आइतबार नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ मा अवस्थित श्री पञ्चासे माध्यमिक विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। बेलकोटगढी नगरपालिका–५ मा रहेको इन्द्रेश्वर युवा समाजद्वारा सञ्चालित यस अभियान अन्तर्गत छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो।

बिज्ञापन

विविध कक्षामा अध्ययनरत छात्रछात्राहरूलाई छात्रवृत्तिस्वरूप विद्यालय पोशाक, कापी, कलम, सिसाकलम, झोला, जियोम्याट्री बक्स, साइन्टिफिक क्याल्कुलेटर तथा जुत्ता प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

बिज्ञापन

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १ का रेमन श्रेष्ठ, कक्षा ३ की युनिसा तामाङ, कक्षा ४ का अयुब बानिया, जानुका पौडेल, कृष्ण तामाङ, सुदिप परियार, कक्षा ६ का रोशन परियार, आशिका लामा, सुब्बा तामाङ, बिनिता तामाङ, दिया परियार, कक्षा ७ का अबिरल तामाङ र अनिश तामाङ, कक्षा ८ का सन्देश गतराज तथा कक्षा ९ की सावित्री तामाङ रहेका छन्।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर लामाले गरेका थिए। प्रमुख अतिथि रामप्रसाद नेपाल, विशेष अतिथि रबिन्द्र नेपाल तथा अन्य अतिथिहरूमा सचिव रामकुमार भट्ट, संस्थाका कोषाध्यक्ष साकार लामिछाने, कार्यकारी सहयोगी सागर चालिसे, व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी दिपेश लामा, शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन

छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावकहरूले संस्थाको सहयोगले आफ्ना सन्तानको शिक्षामा थप ऊर्जा मिलेको प्रतिक्रिया दिएका छन्। अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वाससमेत उनीहरूले व्यक्त गरेका छन्।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष टेकबहादुर लामाले शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता खालको कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।

२०८२ जेष्ठ १२, आईतवार १३:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना