अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै

२०८२ जेष्ठ १३, सोमबार ०५:३३

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ ।

बिज्ञापन

आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् ।

बिज्ञापन

अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् ।

‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ औँ महाधिवेशन अनेरास्ववियुको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा भएको संगठनका प्रवक्ता प्रकाश पौडेलले बताउनुभयो ।

बिज्ञापन

प्रतिनिधि छनोटको प्रक्रिया पूर्ण लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुने उहाँले बताउनुभयो । संगठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न अनेरास्ववियुले अपिल गरेको छ ।

२०८२ जेष्ठ १३, सोमबार ०५:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना