“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

२०८२ जेष्ठ १३, सोमबार ०५:५०

महोत्तरी, १२ जेठ –
मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।

बिज्ञापन

बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल ‘जेबी’ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।

बिज्ञापन

पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।

‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

बिज्ञापन

पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ ।

“हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन – अभियान थियो ।

२०८२ जेष्ठ १३, सोमबार ०५:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना