प्रतिपक्षी दलको अडान, गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्ननदिने

२०८२ जेष्ठ १४, मंगलवार ०८:२२

काठमाडौँ : आज प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको काम कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

बिज्ञापन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।

बिज्ञापन

सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएको र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनको राजीनामा माग गरे ।

बिज्ञापन

“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने ।

 

२०८२ जेष्ठ १४, मंगलवार ०८:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना