बाजुरा: बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु २ जना घाईते भएका छन् ।
बिज्ञापन
मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख लोक बहादुर बिष्ट, चालक कर्ण महत र बडीमालिका ७ ढम्कनेका रेडियो नेपालका कर्मचारी रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकाे उमेर भने नखुलेकाे प्रहरीले जनाएकाे छ ।
बिज्ञापन
सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्