काठमाडौं,
कार्तिक १८ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई तत्काल सात लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बिज्ञापन
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार ७०३ केन्द्रीय सदस्यहरूबाट एक हजारका दरले रकम उठाएर सहयोग गर्न लागिएको हो।
नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम पनि स्थगित गरेको छ। भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रित हुन पदस्थापना स्थगित गरिएको शेर्पाले समष्टि नेपाल अनलाइन खबर लाई जानकारी दिए।
बिज्ञापन
साथै, नेविसंघ केन्द्रले प्रभावित क्षेत्रमा जुट्न मातहतका इकाइलाई निर्देशनसमेत गरेको छ। अध्यक्ष शेर्पाले अन्य आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने विषयमा तयारी भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस्