राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाको सभापतिमा मान बहादुर तामाङ

२०८२ जेष्ठ १५, बुधबार ०९:३६

करण तामाङ ।

बिज्ञापन

रसुवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्लामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सभापतिमा रसुवाको नेता तथा समाजसेवी मान बहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । जेष्ठ १० गते सम्पन्न पहिलो जिल्ला भेलाबाट विभिन्न भूगोल, लिंग र समावेशी आधारलाई प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन गरिएको हो।
भेलाले उपसभापतिमा सेन देवी तामाङ, सचिवमा पासाङ तामाङ, सह-सचिवमा ओमप्रसाद पौडेल र सदस्यमा उर्केन् छोमु तामाङ, किरण आचार्य, ङवाङ फिन्जो तामाङ, रविन्द्र कुमार पौडेल, टेक बहादुर तामाङ र भरत नगरकोटी रहेका छन्।
पार्टीले प्रारम्भिक रूपमा ११ जना सदस्य घोषणा गरेको छ भने बाँकी सदस्यहरूलाई भूगोल र समावेशीताको सन्तुलनका आधारमा मनोनयन गरिने जनाएको छ। यससँगै पार्टीले रसुवामा आफ्नो सांगठानिक उपस्थिति बलियो बनाउँदै अघि बढ्ने संकेत गरेको छ । भेलामा प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले सम्बाेधन गरेका थिए ।
रास्वपाले हालै देशभर सांगठानिक विस्तार तीव्र बनाउँदै लिएको सन्देश दिँदै स्थानीय तहसम्म जनप्रतिनिधिसँगको सम्पर्क सुदृढ गर्ने लक्ष्य लिएको छ। रसुवामा गठन गरिएको यस कार्यसमितिले पार्टी नीति र कार्यक्रम जनस्तरसम्म पुर्‍याउने जिम्मेवारी पाएको छ । जिल्लामा पुराना दलबाट पाएकाे निराशाबाट माथि उठ्न पनि रास्वपामा उत्साहजनक सहभागीता देखिएको थियोे ।

बिज्ञापन

२०८२ जेष्ठ १५, बुधबार ०९:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना