काठमाडौँ : आज देखि सुरु हुने राजावादीको प्रर्दशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् । चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश गर्न नदिने र सोही अनुसार सुरक्षा व्यवस्था कडाइ गर्न समेत निर्देशन दिइसकेका छन् ।
बिज्ञापन
साथै वैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन्छ,भन्दै सुझाव दिएका थिए । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर आज जेठ १५ गते बिहीबार बाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।
बिज्ञापन
साथै आज काठमाडौंलाई नेकपा एमालेले कब्जामा राख्न प्रधानमन्त्री एवं एमाका अध्यक्ष केपी शर्मा ओलिले निर्देशन समेत दिएका छन् । साथै आज नेकपा एमालेले पनि गणतन्त्र उत्सव मनाउँदैछ ।
प्रतिक्रिया दिनुहोस्