काठमाडौ : महानगरपालिका १४ औं राष्ट्रपति रनिङ शिल्ड काठमाडौं जिल्ला स्तरिय कराँते छनौट प्रतियोगिता मा ४ स्वर्ण, ३ रजत र ६ कास्य सहित हामी टिम च्याम्पियन बन्न सफल भएको छ । काठमाडौमा सम्पन्न प्रतियोगितामा काठमाडौ महानगरपालिकाकाे नेतृत्व गरेर सहभागी खेलाडीहरुले खेलमा जिल्लाकै सर्वाधिक पदक हात पार्न सफल भएका हुन् ।
बिज्ञापन
स्वर्ण पदक विजेताहरुमा दिव्या प्रधान -४५ किलो तौल समुह, किस्मत कुवर – ५२ किलो ताैल समुह, उत्सव गुरुङ – ५७ किलो र प्रसान लामा -६२ किलो समुहबाट रहेका छन् । साथै रजत पदक विजेताहरुमा साहिना नेपाली -४० किलाे ताैल समुह , अनिल रोका -४७ किलाे ताैल समूह र सुबिज्ञा पुलामी -६० किलाे ताैल समुहमा पदक विजेता बनेका हुन् । कास्य पदक विजेताहरुमा भने कातामा अंकिता पान्डे र प्रवेश ठकुरी,
कुमुतेमा दिया तामाङ -५५ किलाे ताैल समुहमा, सौजन कडेल – ५७ किलाे ताैल समुह, कुसुम ठाडा – ५५ किलाे ताैल समुह र
झरना नेपाली- ६० किलाे ताैल समुह अन्तर्गत पदक हात पारेका हुन् । काठमाडौ जिल्ला स्तरिय छनाैट प्रतियोगितामा महानगरकाे कराँते काेचका रुपमा सहभागी भने प्रशिक्षक अष्टविर लामा रहेका थिए । खेलाडीले पदक विजेता बनेर महानगरपालिकालाई टिम च्याम्पियन बनाउन सफल भएकोमा लामाले खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्