राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का विक्री गर्ने भएका छन् ।

२०८० कार्तिक १८, शनिबार १५:२२

काठमाडौं,
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का विक्री गर्ने भएको छ ।

बिज्ञापन

बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम, गजलक्ष्मीअंकित १० ग्राम) विक्रीको प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

बिज्ञापन

बैंकले उक्त असर्फी र सिक्का खरीद गर्दा नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने जानकारी दिएको छ । बैंकले यही कात्तिक १९ देखि २४ गतेसम्म बिहान ११:०० देखि अपराह्न ३ बजेसम्म असर्फी र सिक्का विक्री गरिने जनाएको हो ।

बिज्ञापन
२०८० कार्तिक १८, शनिबार १५:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना