नेप्सेमा गिरावट

२०८२ जेष्ठ २२, बुधबार १०:३२

काठमाडौं : आज सेन्सेटिभ इण्डेक्स २.५९, फ्लोट इण्डेक्स ०.९५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंकले घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो ।

बिज्ञापन

नेप्से परिसूचकमा बुधबार पनि गिरावट आएको छ । नेप्से परिसूचक ११.९७ अङ्क घटेर २६४६.९५ विन्दुमा झरेको हो ।

बिज्ञापन

नेप्से घटेसँगै कारोबार रकम पनि ५ अर्ब १६ करोडमा सीमित भएको छ । यो मंगलबारको तुलनामा करिब १ अर्ब ४० करोडले कम हो ।

बुधबार ३१३ स्टकको ५९ हजार १३० पटकको कारोबारमा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिज्ञापन

ओम मेगाश्रीको शेयरमूल्य १८१ रुपैयाँ २७ पैसा बढेर १ हजार ९९४ रुपैयाँ ७० पैसा र पियोर इनर्जीको ४२ रुपैयाँ ३० पैसा बढेर ४६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । सुपर माई हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको अरुण काबेली पावरको ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

राधी विद्युत कम्पनीको करिब ३० करोड र ङादी ग्रुप पावरको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ । बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

२०८२ जेष्ठ २२, बुधबार १०:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना