नुवाकोट । जिल्ला खेलकुद विकास समिति नुवाकोटको अायाेजनामा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता २०८२ शनिबार हुने भएको छ । खेलकुद विकास समितिकाे कभर्डहल काेलनी नुवाकोटमा प्रतियोगिता हुने भएको हाे । नुवाकोट जिल्ला भित्रका कराँते खेलाडीहरुकाे अभ्यास र उत्कृष्टताकाे निमित्त प्रतियोगिताकाे महत्त्व रहेको देखिन्छ । प्रतियोगिता विहान ७ बजेदेखि सञ्चालन हुने बताइएको छ ।
बिज्ञापन
नुवाकोटमा कराँते विस्तार भएको तीन दशककाे यात्रामा रहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन भैसकेको देखिन्छ । उत्तम राईले नुवाकोटमा प्रमुख प्रशिक्षककाे रुपमा रहेर कराँतेलाई अघि बढाएको हाे । विगतमा नुवाकोट भित्र खेलकुद विकासमा सुस्तपन थियोे ।
बिज्ञापन
तर अहिले जिल्ला खेलकुद विकास समितिकाे नेतृत्वमा विजय गुरुङ अाइसके पछि भने नुवाकोटमा खेलकुदले नयाँ अायामका साथ फट्काे मारेको छ । गुरुङकाे नेतृत्वमा छाेटाे समयमै नुवाकोटकाे खेलकुदले न्याय पाएकाे र अझै नेपालकै उत्कृष्ट खेलकुदमय जिल्ला बनाउने विश्वास रहेको कराँतेका राष्ट्रिय रेफ्रि करण तामाङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्