मोबाइल र ल्यापटप मा धेरै समय हेर्दा को असर यस्तो छ। जसले गर्दा स्मरणशक्ति कम हुँदै जान्छ ।

२०८० कार्तिक १८, शनिबार १६:०९

काठमाडौं,शनिबार आज,
आजको बिज्ञान प्राबिधिक युगमा मोबाइल ल्यापटप जस्ता डिभाइसहरु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । मोबाइल त अझै जिअवन कै एक हिस्सा बन्नपुगेको छ | सुचना संचारमा फड्को मारे संगै मोबाइल को प्रयोग अत्यधिक बढेको देखिन्छ |

बिज्ञापन

ब्रिटेन, अमेरिका र स्विडेनमा भएको बैज्ञानिक अनुसन्धानका अनुसार मोबाइल फोनको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । ‘लगातार ४५ मिनेटभन्दा बढी मोबाइल चलाउने लत ले मानसिक समस्या निम्त्याउन सक्छ। यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ ।

बिज्ञापन

मोबाइलको बढी प्रयोगले दिमागमा सिदा असर पर्ने र मानिसलाई अत्यधिक कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको छ ।

मोबाइल अत्यधिक हेर्दा वा प्रयोग गर्दा यस्ता असर हरु पर्नसक्छन :

बिज्ञापन

१. सीधा असर दिमागमा :

अनुसन्धानका अनुसार मोबाइल रेडिएसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ । जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइसको बढी प्रयोग गरेमा उसको सिक्ने क्षमतामा कमी आउन थाल्छ ।अध्ययन टोलीका प्रमुख प्रोफेसर बेङ्ग्ट अर्नेट्सका अनुसार मोबाइलको रेडिएसनले मानिसको निर्णय गर्ने क्षमतामा ह्रास ल्याउने काम गर्छ । यसकै कारण मोबाइल कम्पनीहरू पनि रेडिएसन कम गर्ने प्रयासमा जुटेका छन्।

२. आखाको ज्योति गुम्ने

शारीरिक असर पनि त्यतिकै छन् । मोबाइलले आँखामा दबाब सिर्जना गर्छ, उज्यालोलाई लामो समय नजिकबाट हेर्दा दीर्घकालमा आँखाको ज्योति गुम्न वा घट्न सक्छ ।

३. गर्दनको समस्या :

मोबाइलको अत्यधिक प्रयोगले गर्दनको चारैतर्फको छालाको लचकतामा कमी आउने गर्छ । यस्तो समस्याबाट बच्नका लागि गर्दनलाई लामो समयसम्म झुकाएर राख्नु हुँदैन । त्यस्तै, लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइलको प्रयोग पनि गर्नु हुँदैन ।

४.जवानमै बूढोपन :
लामो समयसम्म मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या पनि निम्तिन सक्छ । यसले छालालाई क्ष’तिग्र’स्त बनाउँछ । त्यस्तै, यसकै कारण आँखामा रिंकल्सजस्ता समस्या पनि देखिने गर्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मोबाइललाई चार्ज गर्दा वा रातमा सुत्दा आफूभन्दा टाढा राख्नुपर्छ ।

५. बालाबालिकाको विकासक्रममा बाधा

स्मार्टफोनको प्रयोगले बच्चाको मानसिक विकासक्रममै बाधा पुग्ने उनको भनाइ छ । मोबाइलको लत बस्यो भने बालाबालिका को पढाइमात्र होइन, व्यवहार र सोचाइमा दिर्घकालिन असर पर्छ । अहिलेका स्कुले केटाकेटीमा एटेन्सन डिफिसिट हाइपरएक्टिभ डिसअर्डर (एडीएचडी) को समस्या धेरै छ । यस्तो समस्या भएका बच्चाहरू टोलाएर बस्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन्। यसको प्रमुख कारण मोबाइल नै हो ।

६. पिम्पल्स या खटिरा :

प्रयोगमा आएका सबै मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया छालामा सर्ने गर्छ ।यसले अनुहारमा दाग र कालो धब्बाको समस्या ल्याउने गर्छ । त्यसैले मोबाइलको प्रयोगपछि अनुहार पुछ्दा वा सफा गर्दा राम्रो हुन्छ ।

२०८० कार्तिक १८, शनिबार १६:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना