गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

२०८२ असार ३, मंगलवार ०९:०८

काठमाडौं : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू एकनासको निलो रिबन पहिरिएर संसद् भवन पुगेका छन् । गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने भन्दै उनिहरुले निलो रिबन लगाएर संसद् भवनमा बिरोध जनाएको हो।

बिज्ञापन

संसद् भवनमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने छानबिन समिति बन्नुपर्छ भन्दै  घेराउ गर्दै आएका उनीहरू बैठकमा सहभागी हुन,निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए । संसद् भवनमा उनीहरूले सामूहिक तस्बिर पनि खिचेका थिए ।

बिज्ञापन

साथै रास्वपा सांसद डा. तोसिमा कार्कीले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेकी छन् । उनले तीन वटा बुँदाहरू उल्लेख गर्दै भनेकी छन्, ‘हाम्रो अभियान जारी छ ।’

बिज्ञापन
२०८२ असार ३, मंगलवार ०९:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना