काठमाडौं : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै आफ्नो पार्टी स्थापना दिवस काठमाडौँको माइतीघर मण्डला मनाएका छन्।
बिज्ञापन
पार्टी स्थापना भएको ३ वर्ष पूरा भई ४ वर्ष लागेको अवसर पारेर भ्रष्टाचार विरुद्धको अभियानसँगै हस्ताक्षर कार्यक्रम पनि सञ्चालन गरेका थिए।
बिज्ञापन
यसअघि पार्टी कार्यालयमा कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गर्दै मनाएको हो ।
सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध हस्ताक्षर संकलन गरिने उपसभापति डिपी अर्यालले बताए ।
बिज्ञापन
उनले भने रास्वपाको चमत्कारिक उदयसँग डराएर सरकार अत्तालिएको बताए । रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकारले सभापतिलाई कानुनी झमेलामा पारेको बताए । फोटोहरु-


प्रतिक्रिया दिनुहोस्