सप्तरीको सुरूंगाबाट सोमबार एक हतियार र नगद सहित तीन जनालाई पक्राउ

२०८० कार्तिक २१, मंगलवार ०१:२९

काठमाडौं

बिज्ञापन

कार्तिक सप्तरीको सुरूंगामा सोमबार एक ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बिज्ञापन

नियन्त्रणमा लिइएकाहरू सप्तरीको सुरूंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय अनिल राम, सोही नगरपालिका-५ बस्ने ३० वर्षीय जीवानन्द चौधरी र खडक नगरपालिका- ४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी भएको हो ।

हतियार बोकेर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले लाहान नगरपालिका-१ राजमार्गबाट गोली लोड भएको पेस्तोल बोकेको थिए ।
उक्त ब्याक्तीहरुलको साथबाट १ लाख ८४ हजार २ सय ५३ रूपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रूपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड साथबाट बरामद भएको छ।

बिज्ञापन

उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ।

२०८० कार्तिक २१, मंगलवार ०१:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना