मित्रराष्ट्रहरु ले सहयोग गरे भुकम्प पीडितलाई राहत सामाग्री । गृहमन्त्री

२०८० कार्तिक २२, बुधबार १६:३२

काठमाडौं,

बिज्ञापन

कार्तिक २२ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन् । बुधबार पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भने-‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ ।
चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्‍याइने श्रेष्ठले जानकारी दिए । त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनको भनाइ थियो
पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो।
देश सङ्कटमा परेको समयमा राजनीतिक दलहरु एक जुट भएकोमा उनले दलहरूको प्रशंसा पनि गरे । विपद्मा एक हुने नेपाली संस्कृति नै भएको उनको भनाइ थियो ।

बिज्ञापन

सो क्रममा चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको छ । ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् ।

बिज्ञापन
२०८० कार्तिक २२, बुधबार १६:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना