पोखरा,पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले दिए आदेश ।

२०८० कार्तिक २२, बुधबार १६:४२

काठमाडौं
कार्तिक २१ पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको थिए ।

बिज्ञापन

देवी कुमारी बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्।

बिज्ञापन

नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने माग विगत लामो समयदेखि पोखराका व्यवसायीहरुले राख्दै आएका थिए । राती चाँडै बन्द हुँदा भ्रमणका लागि आउने पर्यटकलाई खानबस्नकै समस्या हुने गरेको गुनासो थियो ।

बिज्ञापन
२०८० कार्तिक २२, बुधबार १६:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना