काठमाडौं, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी जनजाति महिलाका हक, अधिकार तथा पहिचानका सवालमा सरकारको ध्यानाकर्षण गराउन काठमाडौंको माइतीघरमा सांकेतिक धर्ना गरेका छन्।
बिज्ञापन
माइतीघर मण्डलामा बुधबार आयोजित धर्नामा विभिन्न आदिवासी जनजाति समुदायका महिला तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आदिवासी जनजाति महिलाको प्रतिनिधित्व, समान अवसर, सामाजिक न्याय तथा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरेका थिए।
बिज्ञापन
धर्नाका क्रममा सहभागीहरूले आफ्नो संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले आदिवासी जनजाति महिलामाथि हुने विभेद, हिंसा तथा बहिष्करण अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।




प्रतिक्रिया दिनुहोस्