काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज रुपन्देही ३ का लागि आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकपछि उम्मेदवारको नाममा घोषणा हुने छ ।
बिज्ञापन
रास्वपाले दिउँसो १ः३० बजे सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रारम्भिक निर्वाचनमा सहभागी भएको उम्मेदवार मध्ये एक जनालाई उम्मेदवारका रुपमा टुंगो लगाउने छ । त्यस लगत्तै रुपन्देहीबाटै केही व्यक्तीहरु रास्वपा प्रवेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता झाले जानकारी दिए । त्यसलगत्तै उम्मेदवारको घोषणा हुने छ ।
बिज्ञापन
कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले प्रारम्भिक निर्वाचन गरेको थियो । जसमा ९ जना आकांक्षी सहभागी भएका छन् । कानुन व्यवसायी सुलभ खरेल, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।
आकांक्षीहरु मध्ये सुलभ खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन् । यो क्षेत्रबाट २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रुपन्देही ३ रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्