काठमाडौं । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण चन्द्रागिरी नगरपालिका–स्थित थानकोटको कोतघरमा आज नेवार समुदायले श्री गणेश, महालक्ष्मी र भैरवको सिन्दुर जात्रा भव्यताका साथ सम्पन्न गरेका छन्। नेवार समुदायको पुरानो परम्परागत संस्कृतिसँग सम्बन्धित यो जात्रा हरेक वर्ष धूमधामका साथ मनाइँदै आएको छ। आजको जात्रामा स्थानीय बासिन्दा, समुदायका अग्रज, भक्तजनहरु र दर्शकहरूको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा […]