काठमाडौं, असार २९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर परिचय नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको तथा पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई कुनै पनि प्रकारको त्रास, निगरानी वा दबाबमा राख्ने गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन […]