काठमाडौं। बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएकी चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्की १३ वर्षपछि नेपाल प्रहरीको नियन्त्रणमा परेकी छन्।
बिज्ञापन
नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौंको गोकर्णेश्वर–४ बाट कार्कीलाई पक्राउ गरेको हो। पक्राउपछि फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
बिज्ञापन
कार्कीविरुद्ध बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
![]()
नेपाल राष्ट्र बैंकको जाहेरीअनुसार कार्कीले आफू सञ्चालक रहेको चारित्रिक विल्डर्स प्रालिको नाममा बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण परियोजनाको बहानामा बैंकबाट कर्जा स्वीकृत गराएकी थिइन्। अदालतले उक्त कर्जा रकम सम्बन्धित परियोजनामा प्रयोग नगरी दुरुपयोग गरेको ठहर गर्दै उनीविरुद्ध कैद र जरिवानाको फैसला गरेको थियो।
![]()
लामो समय फरार रहेकी कार्कीलाई १३ वर्षपछि पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। अब अदालतको आदेशअनुसार उनीमाथि बाँकी कानुनी प्रक्रिया अघि बढाइनेछ।




प्रतिक्रिया दिनुहोस्