काठमाडौं । चर्चित नेपाली ब्रो रेसलरले आफ्नै पूर्वपत्नीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन
प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा रेसलरले आफ्नी पूर्वपत्नीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्। घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ भने उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
बिज्ञापन
प्रारम्भिक अनुसन्धानबाट दुवैबीच हिजो मात्र कानुनी रूपमा सम्बन्धविच्छेद (डिभोर्स) भएको खुलेको छ। डिभोर्सपछि उत्पन्न विवादका कारण घटना भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनालगत्तै प्रहरी टोलीले आरोपित रेसलरलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। घटनाको वास्तविक कारण र अन्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्